0 COMMENTS

काठमाडौं १० कात्तिक०७४/ उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आजबाट सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका हुन् ।

 

सूर्यलाई अर्घ दिन काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लाहरुका नदी, तलाउ, खोला लगायतका किनारमा व्रतालुहरुको घुइँचो लागेको छ । खासगरी मिथिलाञ्चल क्षेत्रमा छठको विशेष उल्लास छ ।

छठ पर्वको अवसरमा आज पनि सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनमात्रै सार्वजनिक विदा दिइन्थ्यो । यस पटक पनि छठमा दुई दिन सार्वजनिक विदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।