0 COMMENTS

काठमाण्डाै१०कार्तिक०७४/नाइजेरियादेखि भारतसम्मै तस्करी गर्ने गरी ‘नेटवर्किङ’ गरेर चिम्पान्जी, बाँदर र अफ्रिकी चरा काठमाडौं ल्याइएको खुलेको छ । यसमा भारतीय र पाकिस्तानी नागरिकको मुख्य भूमिका देखिएको छ ।

वन्यजन्तु तस्करीमा पक्राउ परेकाहरूसँग जिल्ला वन कार्यालय काठमाडौंले बयान लिने क्रममा यस्तो तथ्य भेटिएको हो । ‘नाइजेरियादेखि भारतसम्मै वन्यजन्तु तस्करीको नेटवर्क भएको पाइयो,’ उक्त घटनाबारे अनुसन्धानको जिम्मा पाएका सहायक वन अधिकृत उत्सव थापाले बिहीबार कान्तिपुरसित भने, ‘काठमाडौं विमानस्थलमा पनि नेटवर्कले नै काम गरेको देखिन्छ ।’

पक्राउ परेकामध्ये भारतीय र पाकिस्तानी नागरिकबीच सुमधुर सम्बन्ध भएको र उनीहरूमार्फत नै स्थलमार्ग हुँदै ती वन्यजन्तु काठमाडौंबाट भारत पठाउने योजना रहेको समेत खुलेको छ ।

वन कार्यालय काठमाडौंले असोज ३१ गते चिम्पान्जी, बाँदर र चरा तस्करीमा संलग्न अभियोगमा पक्राउ परेका ६ जनासँग बयान लिने काम सकेको छ । तिहारअघि नै पक्राउ परे पनि सार्वजनिक बिदाका कारण बयान ढिलो भएको हो ।

पक्राउ परेकामध्ये बारा स्थायी घर भई कपन बस्ने ४२ वर्षीय राजकुमार तिवारीसँग तिहारअघि नै बयान लिइएको थियो । भन्सारबाट ती वन्यजन्तु छुटाउन उनले मुख्य भूमिका खेलेका थिए । उनले विगतदेखि नै वन्यजन्तु तस्करीमा सहयोग गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रेकर्डमा छ । उनी भन्सारका एजेन्ट हुन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

 

पत्रपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।