0 COMMENTS

काठमाडौँ ९कार्तिक०७४/ वसुन्धारामा बस र ट्याक्सी ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

बा३ख ९६९० नंको यात्रुबाहक बस र बा१ज ३८०८ नंको ट्याक्सी एकापसमा ठोकिँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो ।

बुधबार राति तीव्र गतिमा गुडेको ट्याक्सी र बस ठोकिँदा पैदलयात्रु माझी गम्भीर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको थियो । महोत्तरीका उद्धव पौडेल र अर्को नाम नखुलेका व्यक्ति घाइते भएका छन् ।

घाइतेको ग्रिन सिटी अस्पताल वसुन्धारामा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । बस चालक र ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।