0 COMMENTS

काठमाडौं ९कात्तिक ०७४/ महान् पर्व छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना गरेकी छिन् ।

त्यसैगरी उपराष्ट्रपति पुनले पनि पवित्र छठ पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री देउवाले छठ पर्वको अवसरमा शुभकामना दिँदै यो पर्वले सबै नेपालीबीच भावनात्मक एकता र सहकार्यको सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले पनि छठले आपसी प्रेम, सद्भाव र मित्रता बढाउँदै सामाजिक एवम राष्ट्रिय एकतालाई बलियो बनाउन प्रेरणा दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।