0 COMMENTS

काठमाडौं८कार्तिक०७४/ स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ जिल्लाको प्रदेश (ख) मा उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै एमाले उम्मेदवार खाण्डा लामा गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी फिर्ता लिएपछि ‘स्वतन्त्र’को रुपमा गुण्डा नाइके भनेर चीनीयका मनाङ्गेलाई एमालेले उम्मेदवार बनाएको राजनीतिक वृतमा चर्चा चलेकाे छ ।

मनाङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालले एमाले उम्मेदवार लामाले उमेद्वारी फिर्ता लिएर मनाङ्गेलाई समर्थन गरेको पुष्टि गरे । उम्मेदवारी फिर्ताको समयभित्र खाण्डाले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी फिर्ताको निवेदन दिएका थिए । एमालेको जिल्ला पार्टीबाट सर्बसम्मत सिफारिस भएका मनाङेको विरोध देश भरीनै अालाेचना हुन थाले पछि  एमाले केन्द्रीय कमिटीले उनको नाम काटेर घुमाउराे तरीकाले  मनाङ्गे लाइनै   एमालेको उम्मेदवार बनाइएकाे एक स्थानीए बासीले बताए भने एमाले पार्टिकाे   उच्च स्रोतका अनुसार पार्टीकै योजनामा मुताविक मनाङ्गेलाई स्वतन्त्र रुपमा उम्मेदवारी दिन लगाएको र सहमतिमा नै पार्टीको आधिकारिक उम्मेद्वारलाई उम्मदेवारी फिर्ता गर्न लगाएको कुरा बताए ।

केही साताअघि मात्रै राप्रपा मनाङका सबै सदस्यसहित एमाले प्रवेश गरेका मनाङ्गेले राप्रपा, एमाले र परिवार सबैले सहयोग गर्ने भएकाले आफ्नो जितको विकल्प नभएको दाबी गरेका छन् । प्रदेश वा प्रतिनिधिसभामध्ये एकमा उम्मेदवार बनाउने सर्तमा एमाले प्रवेश गरेका मनाङ्गेलाई एमाले जिल्ला पार्टीले सर्वसम्मत सिफारिश गरेपनि गुण्डा नाइके भनेर चीनीएका मनाङ्गे  लाई उम्मेदवार बनाएको भनेर चौतर्फी आलोचना भएपछि घुमाउरो गरी उनलाई उम्मेदवार बनाउने निष्कर्षमा एमाले नेतृत्व पुगेको स्रोतले बतायाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।