0 COMMENTS

काठमाडौँ, ८ कात्तिक ०७४/ नवनियुक्त सूचना तथा सञ्चार सचिव केदारबहादुर अधिकारीले पदभार ग्रहण गर्नुभएको छ ।

मन्त्रालयमा आज नवनियुक्त सचिव अधिकारीको स्वागतमा आयोजित कार्यक्रममा उहाँले आफ्नो कार्यकालमा सूचना प्रविधिको सुविधालाई जनतासम्म पहुँच पुर्याउन नीति निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“अहिलेको समय भनेको सूचना प्रविधिको समय हो, सूचना पाउने जनताको अधिकार हो, यसलाई नीति निर्माण गरेरै अघि बढाउने प्रयास गर्नेछु”–उहाँले भन्नुभयो । सचिव अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयबाट सरुवा भएर सञ्चार मन्त्रालयमा आउनुभएको हो ।
सो क्रममा उहाँलाई मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललगायत कर्मचारीले स्वागत गर्नुभएको थियो ।

निर्वतमान सचिव गुरुङको बिदाइ
यसैबीच, आजै निर्वतमान सचिव महेन्द्रमान गुरुङको बिदाइ गरिएको छ । मन्त्रालयमा करिब १० महिना काम गर्नुभएका सचिव गुरुङको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि आज बिदाइ गरिएको हो ।

बिदाइका क्रममा उहाँले सञ्चार प्रविधिसँग सम्बन्धित भएर काम गर्न पाउँदा आफ्नो कार्यकालमा सन्तुष्ट भएको स्मरण सुनाउनुभयो । उहाँलाई बिदाइका क्रममा मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललगायत कर्मचारीले मायाको चिनो दिएर बिदाइ गर्नुभएको थियो ।

सञ्चार मन्त्रालयका नवनियुक्त सचिव अधिकारी स्वागत र निवर्तमान सचिव गुरुङको बिदाइमा मन्त्रालय मतहातका निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।