काठमाण्डौ ८कार्तिक०७४/ काठमाण्डौ र आसपासका जुनसुकै स्थानबीचको गाडीभाडा एपमार्फत पत्ता लगाउन सकिने भएको छ । ‘फेयर फाइन्डर नेपाल’ नामक एन्ड्रोइड एप मार्फत जुनसुकै स्थानबीच सरकारले निर्धारण गरेबमोजिमको भाडादर पत्ता लगाउन सकिन्छ ।
यस एप मार्फत दिन र रात दुबै समयको ट्याक्सि भाडादर, सार्वजनिक यातायातको भाडादर, लामो दूरीका यातायातको भाडादर र बिभिन्न हवाइसेवा कम्पनीको उडानको भाडादर समेतको जानकारी लिन सकिन्छ ।एपमार्फत कुनै दुई स्थानबीचको बाटो र दूरी पनी पत्ता लगाउन सकिन्छ ।
एपले अनलाईन र अफलाइन दुबै माध्यममा काम गर्ने तर अफलाइन प्रयोगकर्ताले भने सीमित स्थानको मात्रै भाडादरबारे जानकारी पाउने छन् ।
अनलाइन प्रयोगकर्ताले भने काठमाण्डौ, भक्तपुर र ललितपुरका जुनसुकै स्थानबीचको भाडादरबारे जानकारी लिन सक्नेछन् ।लामो दुरीका सवारिसाधनको भाडादर पनि अफलाइननै प्राप्त गर्न सकिन्छ । हवाई सेवाको हकमा भने एपमार्फत नेपाल एयरलाईन्स, बुध्द एयर र सिम्रिक एयर गरि तिन हवाई सेवा कम्पनिको भाडादर पनि अफलाइननै थाहा पाउन सकिन्छ ।
एप काठमाण्डौ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका हुन । उक्त एप अहिले एन्ड्रोइड फोनका लागि मात्र उपलब्ध छ । गुगल प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।