0 COMMENTS

मलेखु, धादिङ, ८ कात्तिक०७४/ धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै गर्दा गजुरी गाउँपालिकाअन्तर्गत आदमघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–७ का झंकबहादुर अधिकारी, भीमबहादुर पण्डित र रामजी भुजेल रहेका छन् । लोपोन्मुख जनावरको खपटा बोकेको आरोपमा पक्राउ परेकालाई वन्यजन्तु ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।