0 COMMENTS

हेटौंडा ८कार्तिक०७४/ म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरेको सोमबार दाैडिने क्रममा मृत्यु भएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।हुप्रचौरमा म्यादी प्रहरीको भर्ना छनोट कार्य भइरहेको छ । सोही क्रममा दौड परीक्षणमा सहभागी भएका घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार झाले जानकारी दिए ।सोमबार दिउँसो करिब ३ बजे दौडमा सहभागी भएका घिमिरे केही समय दौडिएपछि हुप्रचौरमा ढलेका थिए । उनलाई उपचारका लागि हेटौंडा –११, थाना भर्याङमा रहेको चुरेहिल अस्पताल पुर्यएको थियो । चुरेहिल अस्पतालले घिमिरेलाई साँझ करिब ५ बजे मृत घोषणा गरेको झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।