0 COMMENTS

काठमाडौं ८कार्तिक २०७४ /संसदीय समिति र विभागीय मन्त्रालयले दोषी ठहर्याएको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तान्न आपूर्ति मन्त्री जयन्त चन्द बाधक बनेका छन् ।निगमको इन्धन भण्डारणका लागि जग्गा किन्दा अनियमितता गरेको आरोप लागेका खड्कालाई मन्त्रालय तान्न निर्वाचन आयोगले सहमति दिएको छ ।

तर नवनियुक्त मन्त्री चन्दले खड्कालाई मन्त्रालय ल्याएर हाजिर गराउन आलटाल गरेका हुन् ।करिब डेढ अर्व रुपैयाँ घोटालाका आरोपित खड्कालाई निगममै राख्दा थप क्षति हुने भन्दै तत्कालीन आपूर्ति मन्त्री शिवकुमार मण्डल र सचिव कृष्णप्रसाद देवकोटाले मन्त्रालय तान्न निर्वाचन आयोगबाट अनुमति लिएका थिए ।नागरिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।