0 COMMENTS

काठमाडौं, ७ कात्तिक०७४/ डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका छन् । मासिक करिब १४ लाख कमाई हुने पी–४ तहको जागिरमा उनी राष्ट्रसंघ अन्तर्गत सुडानमा कार्यरत थिए ।

सुडान मिसनमा उनको ६ महिना अवधि बाँकी नै थियो । तर, नयाँ आईजिपीका लागि दौडधुप सुरु भइसकेकाले उनले बीचमै मिसन छाडेका हुन् । खरेल भावी आईजिपीमा बलिया प्रतिस्पर्धी हुन् ।अहिलेकै ऐन/नियम अनुसार आगामी चैतको अन्तिमबाट अहिलेका आईजिपी प्रकाश अर्यालसहित सबै एआईजीले अवकाश पाउनेछन् । त्यो अवस्थामा डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्ये एक आईजिपी हुने छन् ।

आफ्नो कार्यकाल २ वर्षको भएपनि मातृभुमीको सेवाका लागि नेपाल फर्किएको खरेलले फेसबुक स्टाटसमार्फत जनाएका छन् ।खरेल नेपाल प्रहरीका ‘पहिलो हिरो’का रुपमा चर्चित छन् । एसएसपीसम्म पहिलो नम्बरमा बढुवा हुँदै आएका उनी डिआईजीमा दोस्रो नम्बरमा पारिएको थियो । खबर नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।