0 COMMENTS
गङगा कर्माचार्य पौडेल

बेरोजगारिको पञ्जामा छटपटिरहेका विक्रमले जागिरे केटीसाग बिबाह गरित्यसबाट मुक्ति पाउने उद्देश्यले जागिरे केटिको खोजीमा लाग्यो । संयोगबस एउटा प्राइभेट हस्पीटलमा स्वास्थ्य सहायकको रुपमा काम गर्ने मीनासित उसको हिमचिम बढ्दै गयो । हासिली फरासिली मिठो बोलीबचन भएकी मीना पनि बिक्रमलाई पाएर दङ्ग थिई ।
एकदिन बिक्रमले मीनासित बिबाहको प्रस्ताव राख्यो । मीनले “हुन्छ अहिले के हतार छ र वर्षदिन पछि गरौंला” भनी । वर्षदिन विते पछि बिक्रमले फेरि बिबाह प्रस्ताब दोहर्‍यायो । मीनाले“ हुन्छ नि वर्षदिन पछि गरौंला” भनी । त्यसरी पुरै तीनवर्ष वित्यो । त्यतिन्जेल सम्म बिक्रमले मीनाको घरको सबै काम गर्नुको साथै बीरामी खोजी खोजी हस्पीटलमा ल्याउने काम पनि गर्‍यो ।

त्यहि क्रममा आफ्नो गाउामा गएर भेटेजति बिरामीलाई मीनाको हस्पीटलमा ल्याएर उपचार गरायो । मीनाले पनि बिक्रमले ल्याएको मान्छे भनेर निशुल्क उपचारकको ब्यवस्था मिलाईदिई ।आफूहरु प्रतिको सदासयताको लागि कृतज्ञता जाहेर गर्दै उपचार पाएका गाउलेहरुले भने “अहो ! सहरिया मान्छेले
गाउलेलाई ठग्छन् भनेको सुनेका थियाैँ त्यो ता झुट्टो रैच ।

मीना सहरिया भएर पनि हामी माथि यति ठूलो उपकार गरिन् । उनको जय होस् ”। केहिदिन पछि मीना काम विशेषले श्रीलङ्का गई । बिक्रमले आफ्नो हुनेवाला श्रीमतीका बुवा आमा को स्याहार अनि घरको संपूर्ण काम मन लगाएर गर्दा गर्दै एकदिन आफै बीरामी पर्‍यो । साथीहरुले उसलाई झटपट उपचारार्थ नजिकको अस्पतालमा पुर्‍याए । डाक्टरले एक्सरे रिपोर्ट हेरेर भने “यस्मा तपाईको एउटामात्र किड्नी देखिन्छ । अर्को चाहिं कहिले
निकल्नु भएको थियो भननुस्त ?
डाक्टरको प्रश्नले बिक्रम खङ्ग्रङ्रगै भयो ।उसले वर्षदिन अगाडि पेट दुखेको बेला मीनाले एपेन्डीसाइटिसको निशुल्क अप्रेसन गराइदिएको सम्झ्यो ।त्यसपछि त्यहि हस्पीटलमा आफैले ल्याएर निशुल्क अप्रेशन गराई फर्किएका ती सोझासीदा गाउलेलाई पनि झलझली सम्झ्यो बिक्रमले ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।