0 COMMENTS

 काठमाडौं ६ कात्तिक०७४/ एन्फा कार्यसमिति बैठकले आन्तरिक तयारी नपुगेका कारण आसन्न चुनाव २ साता पछि सारेको छ । यसअघि पुस २३ गतेका लागि तय भएको एन्फा कार्यसमितिको निर्वाचन अब माघ ११ गते हुनेछ ।

निर्वाचन समिति र उम्मेदवारहरुका लागि दावी बिरोधको समय आवश्यक भएकाले एशियाली फुटबल महासंघको स्वीकृतिमा चुनाव दुई साता सारिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

यस्तै एन्फा बैठकले ४५ जिल्ला संघहरुको अधिवेशन र निर्वाचन कात्तिक २५ देखि मंसिर २५ गतेसम्मको गरिसक्न सम्बन्धित जिल्ला संघहरुलाई निर्देशन दिएको छ ।

सोमबार बसेको एन्फा कार्यसमितिको बैठकले अधिवक्ता सुमन केसीको संयोजकत्वमा चार सदस्यीय निर्वाचन समिति बनाएको छ भने अधिवक्ता मोतीराम गौतमको संयोजकत्वमा चार सदस्यीय निर्वाचन अपील कमिटी बनाएको छ ।

ए डिभिजन लिग मंसिर २९ देखि गर्ने तयारी

एन्फाले आगामी मंसिर १४ गतेदेखि सुरु गर्ने निर्णय गरेको सहिद स्मारक ए डिभिजन लिग फुटबल पनि दुई साता सार्ने तयारी गरेको छ ।

एन्फा सिइओ तुलाधरका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण लिग निर्धारित समयभन्दा केहि पर सार्न लागिएको हो । यद्यपी यसबारे निर्णय भइसकेको छैन ।

सोमबारको बैठकमा सामान्य छलफल भएपनि अर्को बैठकले लिगबारे निर्णय गर्ने सिइओ तुलाधरले जानकारी दिए ।

तीन वर्षपछि पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन लिगमा काठमाडौंका १२ ए डिभिजन क्लवसहित झापा-११, मोरङ-११, रुपन्देही-११ र सुदूरपश्चिम-११ गरी १६ टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।