0 COMMENTS

बर्दिवास, ६ कात्तिक ०७४/ महोत्तरीे बर्दिबास नगरपालिकाभित्र डेंगुरोगबाट दुई सय ६३ जना प्रभावित भएका छन् ।असोज १६ गते पहिलोपटक पाँच जनामा देखिएको यो रोगको संक्रमण आज बिहानसम्ममा दुई सय ६३ जनामा देखिएको हो । ती मध्ये दुई सय ४५ जना स्थानीयबासिन्दा तथा बाँकी १८ जना सिन्धुली र धनुषा जिल्लाका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

डेंगुका बिरामी बढ्दै गएपछि बर्दिबास क्षेत्रमा त्रास फैलिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दिबास नगरपालिका र अन्य सामाजिक संघसंस्थाले डेंगु नियन्त्रणको संयुक्त पहलकदमी देखाए पनि यो अझै नियन्त्रण हुन सकेको छैन् ।

डेंगु नियन्त्रण हुन नसक्दा संक्रमण हुनेको संख्या दिनानुदिन थपिँदै गएको छ । संक्रमित अस्पतालको प्रत्यक्ष निगरानीमा रहेका र उनीहरुको अवस्था खतरामुक्त रहेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्य प्रशासक डा राजिव झाले बताउनुभयो ।

डेंगु संक्रमितमध्ये पाँच जनामा गम्भीर समस्या देखिएको सो रोगकोे उपचारमा सलग्न बर्दिबासस्थित जनसेवा हस्पिटलका चिकित्सक डा गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर समस्या देखिएका पाँचै जनालाई थप उपचारका लागि राजधानीस्थित टेकु अस्पताल पठाइएको उहाँले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।