0 COMMENTS

लहान, ६ कात्तिक ०७४/ सिरहा कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट तीन दिनअघि हराएका एक बालकको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको वीभत्स तरिकाले हत्या गरि घर नजिकैको कमला नहरको नर्सरीमा फालिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।

गत कात्तिक ३ गते घरैबाट बालक हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले आइतबार साँझ ७ बजेतिर बालकको टाउकोदेखि तलको भाग र आज बिहान टाउको फेला परेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।शवको प्रकृति हेदा ३ गते नै हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । बालकको शव पोष्ट मार्टमका लागि लहान ल्याइएकेा छ ।धनुषाको हतमुन्डा निवासी यादव ६ महिना अगाडि मात्रै बसाइ सरी सिरहा आएका थिए ।बालकको कसले र किन हत्या गरिएको हो भने खुल्नसकेकाे छैन । त्यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।