0 COMMENTS

कञ्चनपुर, ६ कात्तिक ०७४/ कञ्चनपुरको भीमदत्तनगरपालिकामा रु ६० लाखको लागतमा योग भवन बन्ने भएको छ ।

महाकाली अञ्चल आयुर्वेदिक औषधालय महेन्द्रनगरले भीमदत्तनगरपालिकाको सहयोगमा योग भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि नगरपालिकाले चालु आवमा रु १३ लाख बजेट विनियोजन गरेको छ ।

आयुर्वेदिक औषधालयको १५ कट्ठा जग्गामा गुरुयोजना बनाई योग भवनसँगै जडीबुटी उद्यान र पञ्चकर्म भवन निर्माण गरिने औषधालयका प्रमुख डा सूर्य उपाध्यायले बताउनुभयो ।

“एक महिनाभित्रै निर्माणको कार्यलाई अगाडि बढाउछौँ”– उहाँले भन्नुभयो । भवन निर्माणपछि नगरपालिकाका वडा वडामा आयुर्वेदिकबारे जानकारी दिई योगलाई घरघरमा पुर्याउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।