काठमाडौँ, ५ कात्तिक ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले यही कात्तिक १२ गतेदेखि मुलुकका सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी मुलुकको नयाँ संरचनानुसार गठन भएका प्रदेशमा चुनावीसभा गर्न लागिएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । यही कात्तिक मसान्तसम्म सम्पन्न गर्ने लक्ष राखिएको उक्त सभामा शीर्ष नेता तथा पार्टी पदाधिकारीले सम्बोधन गर्नेछन् ।
पार्टीले आफ्नो सम्भावना भएका स्थानमा अरु दलको सहयोग लिने तथा सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने भएको छ ।
यसैबीच पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गराउनुभएको पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्