0 COMMENTS

काठमाडौं ५कार्तिक०७४/नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे एमालेकै बागी उम्मेदवार भएर उठने तयारीमा लागेका छन । एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता दिपक मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने भएका हुन । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा बिरोध भएपछि गुण्डा नाइके भन्दै गरेका दीपक मनाङेलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनबाट एमाले पछि हटेको हो ।

मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई उम्मेदवार नबनाउन एमाले स्थायी कमिटीका सबै नेता सहमत भएका हुन् ।शुक्रवार मध्यरातमा भएको निर्णय अनुसार मनाङ्गेको ठाउँमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी एमालेकी जिल्लास्तरकी महिला कार्यकर्ता हुन् । उनी दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन् ।जिल्लाबाट सर्वसम्मत रुपमा आए पनि र जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरुले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको स्रोतले जनाएको छ ।

दीपक मनाङे एमालेबाट चुनाव लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए । कुनै समय मनाङमा सांसद उम्मेदवार उठाउने मान्छे नपाएको एमालेमा पछिल्लो समय राप्रपाका व्यक्ति एमाले प्रवेश गरेर जिल्ला नेतृत्व गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।