0 COMMENTS

काठमाडौं ५ कात्तिक ०७४/ प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काठमाडौंको ठमेललाई आइतबारदेखि सवारी साधनमुक्त क्षेत्र बनाइँदैछ ।
आइतबारदेखि पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अरु गाडीलाई ठमेल प्रवेशमा रोक लगाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठमेलभित्र जाने गाडीले त्रिदेवी मार्गबाट मात्र जान पाउने, तथा ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने गाडीलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार गाडीको व्यवस्था गरिएको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बताउनुभयो ।

यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ठमेलभित्र धेरै धुवाँ निकाल्ने, हर्न बजाउने र जथाभावी चलाउने गाडीलाई विशेष निगरानी गरी कडा कारबाही गरिनेछ ।

गाडीमा गरिने कडाइसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा समेत कमी आउने प्रहरीको अनुमान छ । काठमाडौं महानगरपालिकाले ठमेललाई व्यवस्थित शहरका रूपमा विकास गर्न ठमेललाई सवारीमुक्त क्षेत्र घोषणा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।