0 COMMENTS

झापा ५ कात्तिक ०७४/ झापाको बुद्धशान्ति गाउँपालिका–७, बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ ।
मे६प ९५०५ नम्बरको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका–४, निवासी बमबहादुर बुढाथोकीको सात वर्षीय छोरा विशाल बुढाथोकीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकलमा सवार चालक बुद्धशान्ति गाउँपालिका–७ निवासी २३ वर्षीय कृष्ण ढकाल र पछाडि सवार उनकै श्रीमती २२ वर्षीया पूजा थापा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।