0 COMMENTS

 काठमाण्डाै ५ कात्तिक २०७४/  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन  अाज दर्ता हुँदैछ। मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि दलहरुबीच प्रतिस्पर्धा हुनेछ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारले प्रस्तावक र समर्थकसहित बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनसक्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

आयोगले आइतबार साँझ उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्नेछ। सोमबार उम्मेदवारको विरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरीको जाँच गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्नेछ। यस्तै ८ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिह्न प्रदान गर्ने अायोगको कार्यतालिका छ।

पहिलो चरणमा निर्वाचन हुने सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा अाइतबार उम्मेदवारी मनोनयन हुँदैछ। पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन्। पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकेको निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ। नेपालको राजनीतिक इतिहासमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन एकै पटक हुन लागेको यो पहिलोपटक हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।