0 COMMENTS

शोधहरूको परिणामलाई हेर्ने हो भने मौसन परिवर्तन हुँदा मानिसको मुड पनि परिवर्तन हुन्छ । वैवाहिक जीवनमा पनि यो कुरा लागू हुन्छ ।

जाडो मौससमा अन्य मौसमको तुलनामा सेक्सको इच्छा झन् बढि हुन्छ । तर, जाडोमा चिसो लाग्न सक्ने हुनाले सेक्सका क्रममा पनि केही सावधानी भने अपनाउनुपर्छ ।
केही यस्ता उपायहरू यस्ता छन्

  • आफ्नो कपडामा ध्यान दिनेः सेक्सका क्रममा आफ्नो कपडाको पनि निकै ध्यान दिनु पर्छ । निकै कम कपडा या बिना कपडा सेक्स गर्दा शरिरलाई बेफाइदा गर्न सक्छ । त्यसैले आफ्नो मुडका साथै कोठाको तातोपनलाई पनि ख्याल राख्नु पर्छ ।
  •  चिसोमा नुहाउन नछोड्नुसः जाडो लागेपछि कतिपय मानिसहरु नुहाउन निकै कम गर्ने गर्छन् । तर, यो कार्य स्वास्थ्यका लागि फाइदाजनक होइन । स्वास्थ्यका लागि हरेक दिन स्नान गर्नु पर्छ । यसले सेक्समा थप रोमाञ्चकता प्रदान गर्छ । अझ थप रोमाञ्चकताका लागि आफ्नो पार्टनरलाई पनि बाथटबमा पार्टनर बनाउनु राम्रो हुन्छ ।
  •  रक्सी नपिउनेः प्रायः मानिसहरू जाडो सुरू भएपछि अन्य मौसम भन्दा दुईगुणा बढी पिउने गर्छन् । मानिसहरुले जाडोमा रक्सीको सेवनले जाडोलाई सहजै टाल्न सकिन्छ भन्ने सोच राख्छन् । यो सोच र तरिका ठिक होइन । यस्ता चीज छाडेर आफ्नो पार्टनरसँग रमाइइला कुरा गर्ने र एक-अर्कालाई तातो बनाउने कार्य गर्नुपर्छ । रक्सीको कमीलाई चुम्बन र अंगालोले पुरा गर्ने कोशीस गर्नु फाइदाजनक हुनुको साथै दुईबीचको प्रेम थप गाढा हुन्छ ।
  •  राती धेरै खाना नखानेः रातीको खाना ९ बजेभन्दा अगाडि नै खानुपर्छ । धेरै भोजनले आलस्य बनाउन सक्छ, जसले गर्दा सेक्स गर्ने इच्छामा कमी आउन सक्छ र सेक्सको मजा लिनबाट वञ्चित हुनुपर्ने हुन सक्छ । भोजनमा हरियो सागपता, टमाटर, मुला, गाँजर आदी खाने गर्नुपर्छ । च्यवनप्राशजस्ता चीजको प्रयोगले पनि फाइदा पुर्याउँछ ।
  •  मर्निङ वाक वा व्यायामः जाडोका कारण मानिसहरुले अन्य मौसममा भन्दा कम शारिरिक परिश्रम गर्ने गर्छन् । जाडोमा मानिसहरू मर्निङ वाक र व्यायामलाई पनि सकेसम्म पर सार्ने काम गर्छन् ।यस्तो बानी राम्रो होइन । जाडोमा स्वास्थ्य र स्वस्थ वैवाहिक जीवनका लागि व्यायाम गर्नु फाइदाजनक हुन्छ । यसले सेक्सको इच्छालाई थप बढाउँछ ।एजेन्सी 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।