0 COMMENTS

नवलपरासी, ४ कात्तिक ०७४/ सरावल गाउँपालिका – ७ भुजहवाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवालाई शुक्रबार पक्राउ गरेको छ ।

अवैध लागुऔषध नाइट्रोभेट ३९ थानसहित नवलपरासी सरावल–३ का २० वर्षीय विशाल चौधरी र सरोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुजहवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यमबहादुर थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले जाँचका क्रममा भुजहवाको कुटी चोकमा भारतबाट लुकाइछिपाई लागुऔषध ल्याइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।