0 COMMENTS

काठमाडौं,३ कार्तिक०७४/ माओवादी केन्द्रसँग एमालेको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ । बुधबार सक्ने लक्ष्य भए पनि कतिपय निर्वाचन क्षेत्रमा दुवै दलका नेताहरुको दाबी भएकाले सहमति जुट्न सकेन । एमालेले स्थायी समिति बैठक बसी उम्मेदवारहरुको नाम छनौट गर्नेछ ।

दुवै दलका नेता संलग्न कार्यदलको बिहीबार बसेको बैठकले निर्वाचन क्षेत्र बाँडफाँट अन्तिममा पुर्‍याएको एक नेताले जानकारी दिए । टुंगो लगाउन नसकेको क्षेत्रलाई कार्यदलले दुवै दलका अध्यक्ष रहेको संयोजन समितिलाई बुझाएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ती निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउनेछन् ।

केन्द्रमा कुल १६५ प्रत्यक्ष सिटमा कम्तीमा ५६ सिट माओवादी केन्द्रले पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । कार्यदलले प्रदेश नम्बर ७ मा भने केन्द्र र प्रदेशमा टुंगो लगाएका छन् । कार्यदलमा ढिलाई हुँदा बिहीबार बिहान बस्ने भनिएको स्थायी समिति बैठक साँझ सरेको थियो । इकान्तिपुर अनलाईन संस्करणबाट साभार ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।