0 COMMENTS

काठमाडौँ, ३ कात्तिक ०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल सम्वत् ११३८ को अवसरमा आज शुभकामना दिँदै उहाँले सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान दिने विश्वस व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।