0 COMMENTS

काठमाडौँ,३ कात्तिक ०७४/ अपाङ्गता भएका व्यक्तिलाई नेत्र दान तथा आँखा शिविर शिविर सञ्चालनार्थ चन्द्रागिरी नगरपालिका– १२ स्थित ‘चलखेल बजार प्रालि’ ले आज सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ ।
आगामी मंसिर १७ गते पर्ने अपाङ्गता दिवसका सन्दर्भमा सोही नगरपालिकाको चुनदेवीमा शिविर सञ्चालन गरिने प्रालिका अध्यक्ष वसन्त खत्रीले बताउनुभयो । उहाँले समाजमा सकारात्मक चलखेलका लागि आफूहरुले रचनात्मक गतिविधि गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा समाजसेवी एवं कलाकार लंकप्रसाद चौलागाईँलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सामूहिक देउसीमा कलाकारहरु दीपक आचार्य, सूर्यमणि आचार्य, विष्णु लामा, विष्णु थापा, शरद बुढाथोकी, श्याम विश्वकर्मा, किशोर कुँवर र सीता घिमिरेले प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।