काठमाडौँ, २ कात्तिक०७४/ पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनबाट कुनै पनि शक्ति आत्तिनु नपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा नेता पाण्डेले विश्वमा समृद्धिको यात्रा कम्युनिष्टहरुले नै तय गरेकाले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल र एकताको पहल समयको माग हो भन्नुभयो । उहाँले यस गठबन्धनलाई सवल बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व सांसद् राजेन्द्रप्रकाश लोहनी, एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, मञ्चका अध्यक्ष पुरुषोत्तम प्याकुरेललगायतले दीपावली र छठको शुभकामना व्यक्त गर्नुभएको कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसहित सामूहिक देउसी–भैलो खेलिएको थियो ।
प्रतिक्रिया दिनुहोस्