0 COMMENTS

काठमाडौं, १कात्तिक ०७४/ सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाएपछि १४ दिनदेखिको अनसन डा.गोविन्द केसीले बुधबार तोड्नु भएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएकी एक बालिकाको हातबाट जुस पिएर डा. केसीले अनसन तोड्नु भएको हो । सरकारी वार्ताका टोलीका सदस्य तथा शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमालका अनुसार चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट ल्याउन आगामी मन्त्रीपरिषदको बैठकमा प्रस्ताव लैजानेलगायत १० बुँदे सहमति भएको छ ।

बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा डाक्टर केसीका प्रतिनिधि र सरकारबीच भएको वार्तामा सहमति भएपछि डाक्टर केसीले अनसन तोड्नु भएको हो । माथेमा आयोगको प्रतिवेदनअनुसार अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने, आफुखुशी विद्यार्थीबाट शुल्क लिँदै आएको काठमाडौँ विश्वविद्यालयलाई तोकिएको शुल्क लिएर मात्र विद्यार्थी भर्ना गर्न परिपत्र गर्नेलगायतका १० बुँदे सहमति भएको रिमालले बताउनुभयो । विगतका सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै डा. केसी गत असोज १९ गतेबाट १३ औँ चरणको असनसमा बस्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।