0 COMMENTS

काठमाडौं१कार्तीक०७४/  नेपाल पत्रकार महासंघ आछाम जिल्ला केन्द्रीय सभासद् यज्ञराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएर आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पीडित पत्रकार ढुंगानाका अनुसार असोज ३० गते राति करिव सवा ८ बजेतरि आछामको मंगलसेनस्थित मनकामना कटेज होटलमा साथिहरुसंग वसिरहेको अवस्थामा प्रहरी सहायक निरिक्षक पदम बुढामगरको नेत्रृत्वमा खटिएको प्रहरीले अपशब्द प्रयोग गर्दै आक्रमण गरि केहि समय नियन्त्रणमा लिएका थिए ।

आक्रमणका कारण उनको टाउको तथा आँखाको डिलमा चोट लागेको छ ।

महासंघले घटनाको विरोध गर्दै सत्यतथ्य छानविन गरि दोषीमाथि कारबाही गर्न गरेको गरेको महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।