0 COMMENTS

दमक, १ कात्तिक०७४/ झापाको कमल गाउँपालिका–१ को सराङपाडास्थित मिस्त्री बस्तीका बाढीपीडित १० परिवारलाई प्रवासी झापालीले घर बनाइदिने भएका छन् ।

अन्तरराष्ट्रिय झापाली समाजले प्रवासबाट संकलित रकमबाट त्यस क्षेत्रका बाढीपीडित १० वटा परिवारलाई घर बनाइदिने भएको हो । ती घर बनाउन समाजले रु ४५ लाखको परियोजना तयार पारेको छ ।

समाजका वरिष्ठ उपाध्यक्ष छत्र सुब्बाका अनुसार आगामी छ महिनाभित्रमा त्यस बस्तीका विपन्न १० परिवारलाई पक्की घर निर्माण गरिदिने तयारी गरिएको छ । कमल गाउँपालिकाको समन्वयमा ती क्षेत्रका बाढीपीडितलाई पक्की घर निर्माण गरिदिने तयारी थालिएको सुब्बा बताउनुहुन्छ ।

गत साउनको अन्तिम सातातिर आएको बाढीका कारण मिस्त्री बस्तीका १० घरपरिवार विस्थापित भएका थिए । ती विस्थापित परिवार अस्थायी टहरामा बस्दै आएका छन् । विस्थापित बस्दै आएको तीनकट्ठा जमिन स्थानीय एक दाताले गाउँपालिकालाई दिएका छन् ।

सुब्बाका अनुसार त्यस्ता पक्की घरको संरचना क्रंक्रिटको तथा जस्ताको छानो भएको हुनेछ भने त्यसको लागत प्रत्येकको रु साढे तीनलाख लाग्ने समाजले लागत तयार गरेको छ । “समाजमा आबद्ध सबै देशमा रहेका झापाली प्रवासीसँग मिलेर त्यतिका घर बनाइदिन्छाँै” सुब्बाले भन्नुभयो ।

समाजमा आबद्ध भएको हङकङ–झापा मञ्चले ‘विपन्नलाई घर’ कार्यक्रममा सघाउ पु¥याउन दुईवटा घरको खर्च उपलब्ध गराउनेछ । प्रवासमा बस्दै आउनुभएका झापालीबीच समन्वय गरी जिल्लाको सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले दुई वर्षअघि मात्र सो समाज स्थापना भएको थियो ।

गत असोज २५ गते विर्तामोडमा विभिन्न १८ वटा मुलुकमा बस्दै आउनुभएका प्रवासी झापालीको सहभागितामा समाजको पहिलो महाधिवेशन सम्पन्न भएको थियो । त्यसअघि समाजले जिल्लाका ६०७ बाढीपीडित घरपरिवारलाई रु १२ लाखका विभिन्न राहत सामग्री वितरण गरेको समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।