0 COMMENTS

काठमाडौँ, ३१ असोज०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान निधन भएको छ ।

लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहनुभएका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्ज, कपनमार्गमा निधन भएको हो ।

रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उहाँले लामो सयसम्म मुलुकमा राजनीति गर्नुभएको थियो । उहाँले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हाल्नुभएको थियो । उहाँको पार्थिव शरीरलाई राप्रपाको पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न २ देखि ३ बजेम्म श्रद्धाञ्जलिका लागि राखिने राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

स्व आचार्यका दुई श्रीमती, दुई छोरा र दुई छोरी हुनुुहुन्छ । उहाँको आजै आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । यसैबीच उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले आचार्य निवास पुगेर स्व आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै उहाँको परिवारजनप्रति सहानुभूति र समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।