0 COMMENTS

 काठमाण्डाै३१असाेज०७४/ एल.आइ.सी नेपालले कम्पनीको ब्राण्ड एम्बासेडरकोरुपमा राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्तीमगरलाई नियुक्त गरेको छ ।

एल.आइ.सी नेपाल कम्पनीद्धारा काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथी बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले ब्राण्ड एम्बासेडर घर्तीमगरलाइ लिएर बनाईको एल.आइ.सी नेपाल कम्पनीको बिज्ञापन सामाग्रीहरुको औपचारिकरुपमा सार्वजनिकरण गर्नु भएकाे थीयाे ।सोही कार्यक्रममार्फत  चापागाँईले एल.आइ.सी नेपालको थप नौ वटा शाखाहरु इलाम,दमक, इटहरी,नयाँ बानेश्वर,कलंकी,बनेपा,नुवाकोट,बैतडी,र पाल्पाको अनलाइनमार्फत उद्घाटन गर्नुभयो ।

कार्यक्रममा चापागाँइले एल.आइ.सी नेपाल कम्पनीले युवाहरुको मनमा बस्न सफल रहेका नेपालका राष्ट्रिय गहनाको रुपमा परीचीत फुटबल खेलाडी बिमल घर्तीमगरलाई आप्नो कम्पनीको ब्राण्ड एम्बासेडरकोरुपमा नियुक्त गरेर युवाहरुलाइ प्रोत्सान तथा राष्ट्रिय खेलाडीको सम्मानगरेको हुदा आफुलाइ खुशीलागेको कुरा ब्यक्त गर्नुभयो वहाले आउने दिनहरुमा यस बिमा कम्पनीले अझै प्रगती गर्दैजावोस भन्दै शुभकामना ब्यक्त गर्नु भएको थीयो ।
कार्यक्रममा कम्पनीका का.मु प्रमुख कार्यकारी अधिकृत  अभिजित घोष दस्तिदारले नेपालमा बीमा सचेतनाको कमि रहेको अबश्था राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्तीमगरलाई ब्राण्ड एम्बासेडरकोरुपमा नियुक्त गर्दै उनीलाइनै लिई बिज्ञापन सामाग्रीहरु बनाइएको बताउनुभयो ।निकट भविश्यमा टिभी,रेडियो प्रिन्ट मिडिया, र अन्य डिजिटल मिडीयामार्फत बीमा सचेतनाको लागी प्रचार प्रशार गरीने बताउदै ग्राहक सेवा बिस्तारका लागि कम्पनीले थप नौ स्थानहरुमा शाखा विस्तार गरेको जानकारी गराउनु भयो । कम्पनीको अब कूल ४३ शाखाहरु हुने र निकट भविश्यमा थप शाखा विस्तारको योजना रहेको पनि बताउनु भयो । कार्यक्रममा एल.आइ.सी नेपालका डाइरेक्टर अशोककुमार अग्रवाल,पब्लीक डाइरेक्टर कुमार केशर बिष्ट लगायत पत्रकारहरुको उपस्थीती रहेको थीयाे भने कार्यक्रम संञ्चालन एल.आइ.सी नेपालका कम्पनी सचीव तथा एल.आइ.सी नेपालका बानेश्वर शाखा प्रमुख बिनाेद भुजेलले गर्नु भएकाे थीयाे ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।