0 COMMENTS

 रमिला बस्नेत ,उदयपुर ,असाेज ३०/ बेलका नगरपालिका ८ स्थित माझीटोलमा खुकुरी प्रहारबाट एक गम्भीर घाइते भएका छन्। आइतबार साँझ साथी साथीमा विवाद हुँदा सोहीस्थान बस्ने २४ वर्षीय जीवन माझीले खुकुरी प्रहार गरी ४५ वर्षीय तिलक माझी घाइते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख इन्सपेक्टर सुवास राईका अनुसार जीवनले सामान्य वादविवादको क्रममा खुकुरी प्रहारबाट माझीको बायाँ घाँटीमा गम्भीर चोट लागेको छ। ‘घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।’ इन्स्पेक्टर राईले भने, ‘खुकुरी प्रहार गर्ने माझी फरार रहेकोले खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।