0 COMMENTS

पाेखरा ३०असाेज०७४/ पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरिएको छ ।

शंकर खरालको संयोजकत्वमा गठित पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष समितिको सहसंयोजकमा रामप्रसाद वस्ताकोटी, पदमबहादुर कार्की, क्याप्टेन फमबहादुर शाही, गणेश बराईली, राजु परियार चयन भए ।

सचिवमा अशीलकुमार शाही छन् भने सदस्यमा शेर उच्चै ठकुरी, श्यामबहादुर श्रेष्ठ, गोविन्दबहादुर खाँण, रतन मल्ल, उत्तम जोशी, तीर्थप्रसाद अधिकारी, दया बराल, दिलनाथ अधिकारी, रामजीप्रसाद बराल, संगीता तिम्सिना र पार्वती पौड्याल छन् । चार सदस्यीय सल्लाहकारमा प्राडा दिलबहादुर क्षत्री, डा नारायण अधिकारी, प्राडा चन्द्रबहादुर थापा र नेत्रबहादुर सेन छन् ।

सुरुवातमा पृथ्वीनारायण शाहको शालिक रहेकोमा उक्त स्थानमा नेपालका प्रथम शहीद लखन थापाको शालिक राखिएको थियो ।यसैक्रममा सवारी चापलाई ध्यान दिँदै आइल्याण्ड हटाउने क्रममा शालिकसमेत हटाइएकोमा पुनः उक्त स्थानमा थापाकै शालिक राख्ने गरी पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र मगर संघको निर्णयले आफूहरु मर्माहित भएको भन्दै उक्त स्थानमा शालिक राखिए पृथ्वीनारायण शाहकै शालिक राखिनुपर्ने माग संघर्ष समितिको छ ।

यसैबीच, समितिले यसबारे थप जानकारी दिन सोमबार दिउँसो ४ बजे नयाँबजारस्थित क्षत्री समाज नेपालको कार्यालयमा पत्रकार सम्मेलन तयारी गरेको संयोजक खरालले जानकारी दिए ।पोखरा न्युज

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।