0 COMMENTS

काठमाडौं २९, असोज ०७४/व्यापारी श्यामसुन्दर अग्रवाललार्इ अपहरण गरी फिरौती लिएपछि अपहरणको पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरेर दुबर्इ भागेका प्रकाश लामिछानेलाई पक्राउ गरी प्रहरीले अाइतबार काठमाडौं ल्याएको छ ।

इन्टरपोलसँग समन्वय गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भक्तपुर बागेश्वरीका लामिछानेलाई दुबईमा पक्रेर आइतबार साँझ काठमाडौं ल्याएको हो । लामिछानेविरुद्ध इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो ।

मख्खन गल्लीमा साडी संसार र न्यू डालिज साडी पसल सञ्चालन गर्ने श्यामसुन्दर अग्रवाललार्इ लामिछानेले प्रेमिका राधिकालाई प्रयोग गरी अपहरण गरेका थिए । अपहरणपश्चात १० लाख ७० हजार रुपैयाँ फिरौती लिएका उनले पोल खुल्ने डर भएपछि राधिकाको हत्या गरेर भक्तपुरको मुहानपोखरीमा शव फालेका थिए ।घटनामा संलग्न भएको भन्दै प्रहरीले किशोर गिरी र सरोज घोरासैनीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।