0 COMMENTS

काठमाडौं, ३० असोज०७४/आज हुने भनिएको नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता भोलिका लागि सरेको छ। एकताका विषयमा पार्टीका केही नेताको फरक धारणा आएपछि आइतबार हुने भनिएको एकता सोमबारका लागि सरेको हो।

आज हुने भनिएको एकता असम्भव भएपछि लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गर्नेछन्। लोकतान्त्रिक फोरमका उपाध्यक्ष हरि न्यौपानेले पार्टी एकीकरण कार्य सोमबार हुने जानकारी दिए।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले नेपाल लोकतान्त्रिक फोरमसंग आइतबार हुने भनिएको पार्टी एकता प्रािवधिक कारणले सोमबार बिहान ११ बजेका लागि सरेको बताए। परियारले आइतबार एकता हुन नसक्नुको दोष प्राविधिक कारण बताए पनि कस्तो प्राविधिक कारण हो भन्ने खुलाएनन्।

उपप्रधान तथा स्थानीय विकास मन्त्री गच्छदार, भूमिसुधारमन्त्री एवं सहअध्यक्ष गोपाल दहित, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जितेन्द्र देव, लोकतान्त्रिक फोरम उपाध्यक्ष रामजनम चौधरीलगायत नेतासहितका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गर्न गृहकार्य अन्तिम चरणमा पुर्याएका छन्। गच्छदार समूहको प्रवेशले कैलालीका ४, सुनसरीका ४, मोरङका ६, बाँकेका ३ र बर्दियाका एक सिट आफ्नो पक्षमा आउने कांग्रेसको दाबी छ ।

कांग्रेस र गच्छदारको सम्बन्ध
कांंग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालासँग विमति राख्दै शेरबहादुर देउवाको अगुवाईमा १५ वर्षअघि गठन भएको प्रजातान्त्रिक कांग्रेसमा गच्छदार पनि सहभागी थिए। उनी देउवा नेतृत्वको कांग्रेसमा महामन्त्री बनेका थिए। २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव लड्न उनले प्रजातान्त्रिक कांग्रेस पनि छाडेका थिए। हाल नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष गच्छदार नेतृत्वमा संसद्मा १७ सांसद थिए । खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।