0 COMMENTS

काठमाडौं २९असाेज०७४/संघीयताको बहस निकै चर्किएका बेला जन्मिएको अखण्ड नेपाल पार्टी अन्ततः नेपाली कांग्रेसमा विलय भएको छ ।

कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय भएको हो । आगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि तीन प्रतिशत थ्रेस होल्ड कायम गरिएपछि साना दलहरु ठूला पार्टीमा विलय हुने क्रम चलिरहँदा खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी पनि कांग्रेसमा विलय भएको हो ।

संघीय राज्य प्रणालीबारे गम्भीर भइरहेकाबेला मुलुक संघीय प्रणालीमा जान नहुने भन्दै अखण्ड नेपाल पार्टी गठन गरी संघीयता विरोधी गतिविधि गरिएको थियो । संविधानतः मुलुक संघीय प्रणालीमा गएपछि अखण्ड नेपाल पार्टी पनि ठूला पार्टीमा विलय भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।