0 COMMENTS

काठमाडौं२९ असोज २०७४/ फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार एक दशकपछि फेरि नेपाली कांग्रेसमा फर्किने भएका छन ।

तराईमा आफ्नो आधार गुमाउँदै गएपछि गच्छेदार कांग्रेसमा फर्किन लागेको बताइएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गच्छदारसहित लोकतान्त्रिक फोरमका नेतालाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एक स्राेतले बताइएको छ ।लोकतन्त्र स्थापनापछि हरेक जसो सरकारमा सहभागी गच्छदार देउवा नेतृत्वको बर्तमान सरकारमा उपप्रधानमन्त्री सहित सहभागी छन ।

पहिलो संविधानसभा निर्वाचनअघि तात्कालिन सभापति गिरिजाप्रसाद कोईरालासँग टिकटको विषयमा विवाद भएपछि गच्छदार उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए ।

अध्यक्ष यादवसँग पनि विवाद भएपछि निर्वाचन लगत्तै गच्छदारले आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।