0 COMMENTS

बागलुङ, २९ असोज ०७४/ बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस दोस्रो साता पाँचौँ बागलुङ महोत्सव हुने भएको छ ।

व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर पुस १४ देखि २३ गतेसम्म महोत्सव आयोजना गरिएको संघका अध्यक्ष जयराम भारीले बताउनुभयो ।महोत्सव सम्पन्न गर्न अध्यक्ष भारीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ ।

मेलामा राष्ट्रियस्तरको लोक दोहोरी, भलिबललगायतका प्रतियोगिता आयोजना गरिने भएको छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्षका साथमा सयौँ व्यापारिक कक्ष राखिनेछ ।बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटो प्रदर्शनी र प्रतियोगिता पनि राखिने मूल संयोजक भारीले जानकारी दिनुभयो ।
यसअघि संघले चैत्राष्टमी पर्वको अवसर पारेर महोत्सव गर्ने गरे पनि पहिलोपटक पुस महिनामा गर्न लागेको हो ।महोत्सव गर्नका लागि स्थान अभाव भएपछि संघले बिदाको समय पारेर धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा महोत्सव गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।