0 COMMENTS

काठमाण्डाै२९असाेज०७४/ ‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं’ एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो।

रूपान्तरित संसद्को अन्तिम दिन संसद् सचिवालयले गरेको बिदाइ समारोहमा शीर्ष नेताहरूले संविधान बनाउन सकेकोमा गर्व महसुस गर्दै गर्दा अधिकांश सांसदको अनुहार मलिन थियो।

आगामी प्रतिनिधिसभाको निर्वाचनमा हालका अधिकांश सांसद उम्मेदवारको सिफारिसमा परेका छैनन्। समानुपातिक कोटामा आएका सांसदको त कुरै छाडौं, ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका अधिकांश सांसद पनि उम्मेदवारको सिफारिसमा छैनन्।

सत्तासीन कांग्रेसका अधिकांश बहालवाला सांसदको नाम दर्जनौं आकांक्षीबीच केन्द्रमा सिफारिसमा पुगेको छ भने एमालेका प्रत्यक्षतर्फ जितेका कैयौं सांसदको नाम स्थानीय कमिटीबाटै सिफारिस हुन सकेन।

‘सांसदहरूमा भविष्यप्रति द्विविधा छ। तर, जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न सक्नु संविधानसभा र संसद्को सबैभन्दा महत्वपूर्ण पक्ष हो,’ कांग्रेसका सांसद रामहरि खतिवडाले भने।

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएपछि यी दलबाट सिफारिसमा परेका सांसदका उम्मेदवार पनि धुकचुक गर्दै थिए।

‘६० र ४० को भागबन्डाले अधिकांशले आफ्नो चुनाव क्षेत्र सुरक्षित महसुस गर्न सकेका छैनन्,’ एमाले सांसद कृष्णभक्त पोखरेलले भने, ‘सबैले आफूलाई असुरक्षित नै महसुस गरिरहेका छन्।’ प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्र घटेर १ सय ६५ मा झरेपछि अधिकांश सांसदको निर्वाचन क्षेत्र असुरक्षित बनेको थियो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।