0 COMMENTS

भक्तपुर २८असाेज०७४/ बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–८ लिवाली बस्ने १६ बर्षीय सुजन गवचा र रामेछाप घर भई भक्तपुर लिवाली बस्ने १६ बर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बिहीबार चागुँनारायण नगरपालिका–७ स्थित पुरानो साढे तीन तले घरको दोश्रो तलामा भक्तपुर ईनाचो बस्ने १४ बर्षीया र लिवाली बस्ने १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ ।

सो घटनाको खबर शुक्रबार प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले गवचा र श्रेष्ठलाई पक्राउ गर्नुका साथै पीडित बालिका समेतलाई स्वास्थ्य परिक्षणको लागि शिक्षण अस्पताल महाराजगंज पठाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।