0 COMMENTS

काठमाडौं२९असाेज०७४/ नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)की नेतृ रेखा थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएकी छन् ।

पशुपति सम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट रेखाको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।

क्षेत्र नम्बर ४ कांग्रेसका नेता गगन थापाले चुनाव जित्दै आएको क्षेत्र हो । अब यहाँ रेखाको भीडन्त गगनसँग पर्ने भएको छ ।स्रोतका अनुसार रेखाको नाम काठमाडौं क्षेत्र नम्बर ४ का साथै ६ र सर्लाहीबाट पनि सिफारिस भएको छ । यद्यपी थापाले कहाँबाट चुनाव लड्ने भन्नेबारे टुंगो भने लागिसकेको छैन् ।

राप्रपा (प्रजातान्त्रिक)को सहमहामन्त्री मनोनित

यसैबीच रेखा थापालाई राप्रपा (प्रजातान्त्रिक) ले केन्द्रीय सहमहामन्त्रीमा मनोनित गरेको छ । साथे प्रवास विभागको जिम्मेवारी समेत दिइएको छ । थापाले हीजाे सहमहामन्त्री र प्रवास विभाग प्रमुखमा मनोनयनको पत्र बुझेकीछीन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।