0 COMMENTS

काठमाडौं२८असाेज०७४/  राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार साँझ राप्रपाको तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई पद तथ गोपनीयताको सपथ दिलाएकी छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले शितल निवासमा शनिबार साँझ साढे सात बजे राप्रपा अध्यक्ष कमल थापासहित चार जनालाई सपथ खुवाएकी हुन् ।

ब्यवस्थापिका संसदको अन्तिम बैठकमा सम्बोधन गरेपछि प्रधानमन्त्रीसहित नव नियुक्त मन्त्रीहरु सपथ लिन शितल निवास पुगेका थिए ।शनिवार विहान निर्वाचन आयोगसँगको छलफलपछि राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सपथ दिलाएकी हुन् ।प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा शुक्रबार बेलुका पत्र पठाएका थिए ।

राप्रपा अध्यक्ष थापासहित राप्रपाकै जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापाले पनि मन्त्रीको सपथ लिएका छन् ।यस्तै, भाष्कर भद्र, कुन्ती शाह, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् ।८ जना मन्त्री थपिएपछि वर्तमान मन्त्रिमण्डल ६४ सदस्यीय बनेको छ । यो नेपालको राजनीति इतिहासमै सबैभन्दा ठूलो मन्त्री मण्डल हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।