0 COMMENTS

काठमाडौं, २८ असोज०७४ /सरकारमा बस्ने वा राजीनामा दिने विषयमा निर्णय गर्न आज(शनिबार) माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ ।
मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् । माओवादी मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा शनिबार वा आइतबार बिहानसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् ।

माओवादीले सरकारमा भए वा नभए पनि निर्वाचन सार्न नमिल्ने पहिलो सर्त बनाएको छ । निर्वाचन सार्दा वाम गठबन्धनमा समस्या आउनुका साथै संवैधानिक संकट आउन सक्ने भएकाले सरकार माओवादीको कम प्राथमिकतामा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।