0 COMMENTS

नवलपरासी, २८ असोज ०७४/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहानसवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना५ख ३९६४ नंको बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक आफँै अनियन्त्रित भएर सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको थियो ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।