0 COMMENTS

गाईघाट, उदयपुर, २८ असोज ०७४/ दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ ।

अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् ।

अस्पताल प्रमुख डा महेश खनाल दशैँ आउन १५ दिनअघि नै बिदामा हिँडेपछि सरुवा मिलाएर पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक बन्न पुगेको अस्पतालका कर्मचारी बताउँछन् ।

यस्तै दशैँ आउन एक हप्ता अगाडि नै बिदामा हिँडेका डा फणीन्द्र बडालसमेत सरुवा मिलाएर जिल्ला अस्पताल धनकुटा नै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा प्रसूतिसहित अन्य बिरामीको उपचारमा समस्या आएको अस्पतालका अहेव तथा ल्याबका कर्मचारीले बताउने गरेका छन् ।

जिल्ला अस्पताल उदयपुरमा अहिले प्रसूतिसहित अन्य बिरामी गरेर दैनिक १५० को हाराहारीमा उपचारका लागि आउने गरेको भए तापनि विशेषज्ञ डाक्टर नभएपछि अधिकांश बिरामी बीसौँ हजार खर्च गरेर एम्बुलेन्सबाट विराटनगर तथा सुनसरीको धरान जान बाध्य हुनु परेको त्रियुगा नगरपालिका–३ मोतिगडाका राजेश चौधरी बताउँछन् ।

दशैँ अगाडि हिँडेका डाक्टर सरुवा लिएर अन्यत्र गए पनि सम्बन्धित निकायले अन्य डाक्टरको व्यवस्थामा उचित ध्यान नदिँदा अहिले झण्डै तीन हप्तादेखि बिरामीले हैरान खेप्नु परेको बिरामीका आफन्तको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।