0 COMMENTS

बुटवल२८असाेज०७४/ गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे ।

उज्यालो भयो, कर्मचारी आए । आवेदन बुझ्न थाले । तर केही घण्टा मै आवेदन लिने सिट सकियो भन्दै उनलाई पालो नआउँदै फिर्ता पठाइयो ।गुल्मीबाट आएका उनी होटेलमा बसेर अर्को दिन फाराम बुझाए ।

कर्मचारी कम भएकाले सेवा दिन सकेनौं भन्छन्, हामीले कहिलेसम्म सास्ती पाइरहने  उनले भने ।उनी मात्र होइन, यातायात व्यवस्था कार्यालय बुटवपलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन आउने सेवाग्राहीले यस्तै सास्ती पाउँदै आएका छन् । नवीकरणका लागि आउने सेवाग्राहीले पनि उस्तै सास्ती भोग्दै आएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।