0 COMMENTS

काठमाडौं, २८ असोज०७४ /प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । देउवाले सरकारमा एक उपप्रधान सहित तीन मन्त्री र ४ राज्यमन्त्री थपेका हुन् ।
राप्रपाबाट जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुको मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथका लागी राष्ट्रपतिकार्यालयले ब्यवथा मीलादै रहेकाे  स्राेत ले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।