0 COMMENTS

काठमाडौं २७असाेज०७४/ एमालेसहितको बाम गठबन्धनसँग तालमेल गरी एमालेकै चिन्ह लिएर निर्वाचनमा भाग लिने जनाएको नयाँ शक्ति पार्टी भागबण्डा नमिल्दा अलग्गिएको छ ।

गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै आफ्नै चुनाव चिन्हमा लड्ने निर्णय गरेको नयाँ शक्तिले संयाजक भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट नै उठाउने निर्णय गरेको छ ।

नयाँ शक्ति पार्टीको संघीय सचिवालयको शुक्रबार बसेको बैठकले बाबुरामसहित पाँच जनाको उम्मेदवार घोषणा गरेको छ ।नयाँ शक्तिको निर्णयअनुसार कैलाली क्षेत्र नम्बर ३ बाट कृष्णकुरमा चौधरी, दानबहादुर चौधरी कपिलबस्तु–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् । यस्तै, नयाँ शक्तिले रसुवाबाट प्रेम तामाङ र खोटाङबाट मदन राईले उम्मेदवारी दिने नयाँ शक्तिले निर्णय गरेको छ ।

गठबन्धनमा सहमति नजुटेपछि उम्मेदवारी घोषणा गरेको नयाँ शक्ति पार्टीले समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने पनि निर्णय गरेको छ ।

यद्यपी विभिन्न ठाउँमा तालमेलको पहल भने जारी नै राख्ने नयाँ शक्तिले निर्णय गरेको छ । उम्मेद्वारीको तय गर्न तथा विभिन्न पक्षहरुस“ग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने सो पार्टीले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।