0 COMMENTS

काठमाडौँ, २७ असोज०७४/ गोकर्णेश्वर नगरपालिकाले नारायणटारस्थित वाग्मती पुलमुनि नदीको दायाँबायाँ सडक सञ्चालनमा ल्याएको छ ।

गुह्येश्वरीदेखि गोकर्णसम्म वाग्मतीको दायाँबायाँ सडक सञ्चालनमा आएको दशक बितिसक्दा पनि पुलमुनि सडक नबन्दा नारायणटार पुगेपछि सवारीसाधन घुमेर वाग्मती कोरिडोरमा जानुपर्ने बाध्यता थियो । यसले गर्दा घण्टौँ सवारी जाममापर्ने समस्या थियो ।पुलमुनिको सडक खुलेपछि सडकको चापको समस्या हटेको नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले बताउनुभयो ।

यो सडकबाट साँखु हुँदै सिन्धुपाल्चोक र भक्तपुरको नगरकोट जान सडक खुलेकाले पनि सवारीको चाप हुने गरेको छ । चाबहिल–साँखु सडक विस्तार भइरहेकाले पनि सवारी चाप हुने गरेको छ ।

नगरपालिकाको रु २५ लाख लगानीमा पुलमुनिको सडक बनेको हो । सडकको आज शुभारम्भ गर्नुहँदै नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरभित्रको पूर्वाधार विकासमा नगरपालिकाको ध्यान केन्द्रित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।